गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

गण्डकी— गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गरेका हुन् ।
कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र एक स्वतन्त्रसहित ३५ प्रदेश सभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा आजै दाबी पेस गरेका थिए ।
मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १६:१६













