लुम्बिनीमा कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त

बुटवल— लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
नेकपा माओवादी केन्द्रसहित आठ दलका ५२ जना र एक जना स्वतन्त्र सांसदको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
संविधानको धारा १६८ (२) अनुसार चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका छन् ।
२७ पुसमा मुख्यमन्त्री बनेका एमालेका लिला गिरीले विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए ।
चौधरीले शुक्रबार मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १८:४२













