News Griha :: न्यूजगृह
मंसिरकाे चुनावमा साढे १५ लाख खर्च गरे कमल थापाले

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा साढे १५ लाख रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

थापा मकवानपुर क्षेत्र नं १ बाट नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

थापाका निर्वाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरणानुसार सवारी साधनमा दुई लाख, सम्पर्क कार्यालय सञ्चालनमा तीन लाख, गोष्ठी, अन्तर्क्रिया  शीर्षकमा दुई लाख, प्रतिनिधि परिचालनमा चार लाख, प्रचारप्रसार सामग्रीमा एक लाख ७७ हजार नौ सय र प्रचारप्रसारका लागि छापा एवम् विद्युतीय माध्यममा दुई लाख ५९ हजार चार सय ४० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

थापा राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएका थिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १८:५३
Weather Update