News Griha :: न्यूजगृह
बैंकले ब्याजदर घटाउँदा आर्थिक गतिविधि बढ्यो : गभर्नर अधिकारी

काठमाडौं— नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताएका छन् ।

बिहीबार राष्ट्र बैंकको ६८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले भने,‘पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेको छ । आयातमा कमी आउँदा आवमा सरकारको राजश्व संकलन भने गत वर्षको भन्दा घटेको अवस्था छ । कमजोर राजश्व परिचालन बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको छ ।’

उनले बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको बताए ।  उनले पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेका बताए । उनले बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परको बताए ।

गभर्नर अधिकारीले १० बिलासी वस्तुको आयात रोकेपनि शोधानान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा निरन्तर सुधार आएसँगै राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको बताए । उनले अहिले शोधानान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घटन लागेको बताए । उनले पछिल्लो समय वित्तीय स्थिति सुधार हुँदै गएको दाबी गरे ।

उनले बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय अवस्था सुधार हुँदै आएको बताए  । उनले भने,‘बैंकिङ प्रणालीको तरलता स्थितिमा सुधार आएको छ भने बैंकको ब्याजदरमा परेको दबाब कम हुन थालेको छ । बैंक तथा वित्तीय संस्थाले पनि कर्जाको ब्याजदर घटाउन थालेका छन् । चालु आर्थिक वर्षका आर्थिक वृद्धिदर औसत स्थरमा रहने देखिन्छ । बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परको अवस्था छ ।’

पूर्वगभर्नर विजयनाथ भट्टराईले मर्जरमा गएर बैंक तथा वित्तीय संस्थाको संख्या घटे पनि जोखिम बढ्न सक्ने बताए । उनले मर्जरमा गएको बैंकको राष्ट्र बैंकले सुपरीवेक्षण नगरे जोखिम बढ्न सक्ने उल्लेख गरे ।  

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  २०:०१
Weather Update