News Griha :: न्यूजगृह
एमालेका ‘फरार सांसद’ कोइरी उद्योग समितिमा सिफारिस

काठमाडौं— संघीय संसद्का ‘फरार सांसद’ लक्ष्मी महत्तो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद् सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन् ।

मधेस आन्दोलनको क्रममा महोत्तरीमा कार्यरत असई थमन बिकको हत्यामा संलग्न भएको भन्दै उनलाई सजाय सुनाइएपछि कोइरी ‘फरार’ छन् । तर उनले संसद् सचिवालयमा पत्र लेखेर स्वास्थ्यकाे कारण देखाउँदै बैठकमा उपस्थित हुन नसकेको जनाएका छन् ।

सूचना बिना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भएपछि कोइरीले  संसद् सचिवालयलाई पत्र लेखेका हुन् । 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०७:५३
Weather Update