News Griha :: न्यूजगृह
लुम्बिनीका मुख्यमन्त्री चौधरीले शपथ लिँदै 

बुटवल— लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार प्रदेश प्रमुखको कार्यालय, बुटवलमा दिउँसाे १ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०८:०७
Weather Update