संसद् बैठकको कार्यसूचीमा परेन संवैधानिक परिषद्सम्बन्धी विधेयक

काठमाडौं— संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि आज बस्ने प्रतिनिधि सभा बैठकमा पनि छलफल नहुने भएको छ ।
प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा सो विधेयक समावेश गरिएको छैन ।
यसअघिको बैठकमा उक्त विधेयकमाथि छलफल गर्न कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएको थियो ।
सो विधेयक आज कार्यसूचीमा आउने अपेक्षा गरिएको थियो । उक्त विधेयक पारित नहुँदा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्न सकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० ०८:३०













