
काठमाडौं— उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका दुई सांसदले सपथ ग्रहण गरेका छन् । रास्वपा सभापति रवि लामिछाने र सोही पार्टीका नेता स्वर्णिम वाग्लेले सांसद् पदको सपथ ग्रहण गरेका हुन् ।

रास्वपाको दुई सांसदले सपथ ग्रहण गरेपनि उपनिर्वाचनबाट निर्वाचित भएका उपेन्द्र यादव भने सपथ ग्रहणमा सहभागी भएनन् । संसद सचिवालयका अनुसार यादव आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेटघाटमा व्यस्त रहेकोले शुक्रबारको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन सकेनन् । सचिवालयले आगामी मंगलबार यादवको सपथ ग्रहण कार्यक्रमको तालिका तय गरेको छ ।

वैशाख १० मा भएको उपनिर्वाचनमा चितवन २ बाट रवि लामिछाने, तनहुँ २ बाट स्वर्णिम वाग्ले र बारा १ बाट उपेन्द्र यादव निर्वाचित भएका थिए ।

शुक्रबार भएको सपथ ग्रहण कार्यक्रममा सभामुख देवराज घिमिरेले लामिछाने र वाग्लेलाई सपथ खुवाएका थिए । साथै उनले दुवैजनालाई संसदको लोगो समेत लगाइदिएका थिए ।















