News Griha :: न्यूजगृह
रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु

रोल्पा—  रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।

पहिरोले हजुरआमा र नातिनीको मृत्यु भएको छ। शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो।

घरमा हजुरआमा र नातिनी थिए। पहिरोमा पुरिएकी ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनीको मृत्यु भएको हो। 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ११:२४
Weather Update