News Griha :: न्यूजगृह
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ

काठमाडौं— लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष प्रदेश प्रमुख कार्यालय बुटवलमा शुक्रबार शपथ ग्रहण गरेका हुन् ।संविधानको धारा १७२ बमोजिम प्रदेश शेरचनले उनलाई शपथ गराएका हुन् । 

बिहीबार प्रदेश प्रमुख शेरचनले नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

गत पुस २७ गते नेकपा माओवादी केन्द्रसहित दलको समर्थनमा सरकारको नेतृत्व गरेका नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले गत सोमबार प्रदेश सभामा दोस्रो पटक प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेपछि उनी नेतृत्वको सरकार ढलेको थियो । 

प्रदेशस भामा विश्वासको मत पाउन असफल भएपछि प्रदेश प्रमुखले मङ्गलबार बिहीबार अपराह्न ४ बजेसम्म सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका थिए । 

गत माघ ५ गते संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम तत्कालीन अवस्थामा मुख्यमन्त्रीले पहिलोपटक विश्वासको लिँदा उनको पक्षमा ५७ मत परेकामा गत सोमबार दोस्रोपटक विश्वासको मत लिँदा भने पक्षमा ३३ र विपक्षमा ५३ मत परेको थियो ।

नवनियुक्त मुख्यमन्त्री चौधरीले नेकपा माओवादी केन्द्रसहित आठ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य ५३ जनाको समर्थनसहित बिहीबार अपराह्न मुख्यमन्त्रीका लागि प्रस्ताव गरेका थिए । 

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार तथा  जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक/एकजना र स्वतन्त्र एक सांसद गरी ५३सांसदको समर्थन रहेको छ ।

तीन बिना विभागीयमन्त्रीको पनि शपथ

PurnaprakashBiswokarma_Baluwang_RSS_15_ (1)1682670486.jpg

यस्तै, नवनियुक्त मुख्यमन्त्री चौधरीले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम आफ्नो मन्त्रीमण्डलमा तीन मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष आजै सिफारिस गरे । 

सत्ता गठबन्धन दलका तर्फबाट मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र नेकपा माओवादी केन्द्रका धनबहादुर मास्कीलाई बिना विभागीयमन्त्रीमा नियुक्त गरे । 

नवनियुक्त मन्त्रीहरूलाई पनि संविधानको धारा १७२ बमोजिम आजै सोही समारोहमा प्रदेश प्रमुख शेरचनले शपथ गराए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १४:०२
Weather Update