
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको बताएका छन् ।
विगतमा आफू गृहमन्त्री हुँदासमेत प्रश्न उठेको बताउँदै गर्दै प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा लामिछानेले फरार अभियुक्तलाई बिरामी भन्न नसकिने बताए ।
‘उहाँ बिरामी परेको होइन । फरार अभियुक्त हो । भाग्नुभएको अभियुक्त हो,’लामिछानेले भने,‘सालोले भारतमा रहेको जानकारी म गृहमन्त्री हुँदा दिएका थिए ।’
‘उनको तस्बिर छ, सुरक्षा निकायलाई उपलब्ध गराउन सक्छु । फरार अभियुक्तलाई विरामी भएको भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही हुँदैन । यो हास्यांपद श्रृङ्खला बन्द गर्नुपर्दछ’,लामिछानेले भने,‘राजनीतिका नाममा लाजनीति संसदमा नचलोस् । विरामीको संज्ञा दिएर भद्धा मजाक नगरियोस् ।’













