News Griha :: न्यूजगृह
राज्यकोषको ब्रह्मलुट भयो : लिङ्देन

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य स्रोतमा हातहाल्न पाउनेवित्तिकै ब्रह्मलुट मच्चाउने प्रवृत्ति देखा परेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा राप्रपा बाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लिङ्देनले स्रोतसाधनको अभावका कारण विकास आयोजनाहरू सुस्त रहेको, ऋण उठाएर चालु खर्च चलाउनु परेको अवस्थामा अहिले राज्य स्रोतमा हातहाल्न पाउनेवित्तिकै ब्रह्मलुट मच्चाउने प्रवृत्ति  देखा परेको बताएका हुन् ।

अहिलेको अवस्थामा राष्ट्रपतिको औषधी उपचारका लागि विदेशयात्रा जानु काम भएको र अयोग्य लडाकुलाई रकम दिने तयारी गरिएको भन्दै त्यसलाइ रोक्न राप्रपाजस्तो दलहरू मजबुत हुनुपर्ने उनले बताए 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १८:०४
Weather Update