कार्यवाहक राष्ट्रपतिद्वारा संसद् अधिवेशन अन्त्य
काठमाडौं— कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले संसद्को हिउँदे अधिवेशन अन्त्य गरेका छन् ।
उनले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्ले १२ वैशाखमा गरेको सिफारिसका आधारमा शुक्रबार राति १२ बजेपछि संसद्को अधिवेशन अन्त्य गरेको बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यवाहक राष्ट्रपति यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए ।
बैठकमा यसअघि अध्यक्ष तिमिल्सिनाले यस अधिवेशनमा सभामा भएका काम कारबाहीको विवरण सुनाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १९:२०













