News Griha :: न्यूजगृह
उपचुनावको नतिजाबाट आत्तिनुपर्दैन : आरजु राणा

सुर्खेत— नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी सांसद डा.आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधि सभाको उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने बताएकी छिन् ।

नेपाल प्रेस युनियन कैलालीले शुक्रबार धनगढीमा गरेको शुभकानमना आदानप्रदान कार्यक्रममा उनले भनिन्, ‘उपनिर्वाचनमा विजयी नहुँदैमा कांग्रेस कमजोर छैन, विगतमा पनि कांग्रेस कहिले पहिलो र कहिले दोस्रो दल बनेकै थियो ।’

कांग्रेसप्रति आकर्षण नघटेको बताउँदै उनले युवालाई लोकतान्त्रिक पार्टीका पक्षमा अगाडि बढाउन विशेष ध्यान दिनुपर्ने बताइन् ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १९:४१
Weather Update