खाद्य अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीबाट घुस लिएको आरोपमा ढुंगेलविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरिएको हो ।
ढुङ्गेलले अनुज्ञापत्रका लागि सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस मागेको अख्तियारको दाबी छ । आयोगले ढुङ्गेललाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम घुस लिई भ्रष्टाचार गरेको आरोपमा उक्त रकम बराबरको बिगो दाबी गरेको छ ।
उक्त ऐनको दफा ३ बमोजिमको कैद र बिगो बराबरको जरिवाना माग गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० २०:२१













