News Griha :: न्यूजगृह
रास्वापा संसदीय दलका नेता अर्यालले दिए राजीनामा

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । 

शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाएसँगै स्वीकृत गर्ने प्रक्रियामा छ । अहिले उपनेता श्रेष्ठले उक्त जिम्मेवारी सम्हालेका छन् ।

यस्तै, पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्दैछन् । संसदीय दलको बैठक सोमबार बस्ने तयारी छ । बैठकले लामिछानेलाई दलको नेता चयन गर्नेछ ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  २१:१६
Weather Update