लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी भएको छ ।
दलको नेता रहेका उपसभापति डोलप्रसाद अर्यालले शनिबार बसेको संसदीय दलको बैठकमा संसदीय दलको नेताबाट राजीनामा दिएका छन् ।
पार्टी संसदीय दलको बैठक सोमबार बसेर पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको अर्यालले जानकारी दिए ।
गत आइतबार (१० वैशाख) मा सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट सभापति लामिछाने निर्वाचित भएर शुक्रबार शपथ लिएका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० ०६:२५













