शेयर बजार २६९५.९३ अंकमा झर्यो, कारोबार पनि खुम्चियो

काठमाडौं— आइतबार शेयर बजार परिसूचक नेप्से २७ सय मुनि झरेको छ।
अघिल्लो दिनको तुलनामा नेप्से ५३.६३ अंक घटेको हो। सो अंकको गिरावटपछि परिसूचक २६९५.९३ अंकमा कायम भएको छ।
अघिल्लो दिन १२ अर्ब २४ करोडको कारोबार भएकोमा आज १० अर्ब ५१ करोडमा खुम्चियो।
कुल ३१ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ४ को स्थिर रह्यो। म्युचुअल फन्डबाहेक सबै क्षेत्रगत सूचक घटेका छन्।
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१ १५:१३













