प्रधानमन्त्री दाहाल र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र लामिछानेबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकोमा लामिछानेलाई बधाई दिएको उनको सचिवालयले जनाएको छ ।
रास्वपाको केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री र लामिछानेबीचको यो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
रास्वपाको केन्द्रीय समितिको बैठक सोमबार बस्दैछ ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १०:१५













