News Griha :: न्यूजगृह
बढ्यो सुनचाँदीको भाउ

काठमाडौं—  नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा ५०० रुपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला १०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी, शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।

आइतबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ११:५४
Weather Update