News Griha :: न्यूजगृह
शेयर बजार दोहोरो अङ्कले ओरालो

काठमाडौं— साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ओरालो लागेको छ । आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा आएर रोकिएको छ । 

९५ करोड ४३ लाख भन्दा बढीको शेयर कारोबार भएको छ । नेप्से सूचकमा २६ कम्पनीमा उकालो लगेको र १८९ कम्पनीमा ओरालो लगेको छ भने ४ कम्पनीको स्थिर रहेको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्समा करिब ३ अङ्कले घटेर ३५८.१४ विन्दुमा आएको छ । आइतबार ३२ लाख ६ हजार ४५० कित्ता शेयर किनबेच भएको छ । त्यस्तै, एनएमबी सुलभ इन्भेस्टमेन्ट र ८.५% प्रभु बैंक डिबेन्चरको ३ प्रतिशतले मूल्य वृद्धि भएको छ । 

यता, शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । यसको आइतबार ४ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाखको कारोबार भएको छ । आइतबार सबै उपसूचक राताम्य भएका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १५:३९
Weather Update