News Griha :: न्यूजगृह
फटाहा, मुर्ख र बुद्धि नभएकाले राजतन्त्र मान्छन् : ओली 

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ओलीले फटाहा, मुर्ख र बुद्धि नभएकाहरूले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । 

राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले स्वार्थी तत्व र बिकाउ मालहरू, अपराध कर्ममा लागेकाहरूले मात्रै राजतन्त्रलाई मान्ने आरोप लगाए । 

‘राजतन्त्र भनेको कि फटाहाले मान्छ । स्वार्थी फटाहाले । कि मुर्खले मान्छ । राजतन्त्र मान्ने दुई खालको मान्छे हुन्छन् । कोही कोही अज्ञानी पनि मान्छन् । तीन खालकै भनौँ । एकथरी अज्ञानी हुन्छन् । बिचरा केही पनि बुझदैनन् । त्यसकारण मान्छन राजतन्त्र,’ उनले भने, ‘अर्कोथरी स्वार्थ, साधना गर्नका लागि मान्छन् । दलालहरूले मान्छन् । बुद्धि नभएकाहरूले मान्छन् । जन्मिदैखेरी यस्तो हुुनुपर्छ भनेर । अब स्वार्थी तत्वहरू र बिकाउ मालहरूले मान्छन् । तिनलाई केही पनि छैन । अलिकति थोरैमा एक दिनका लागि, एक छिनका लागि, एक हप्ताका लागि, १० दिनका लागि जतिका लागि पनि किन्न सक्छ मान्छेले । अपराध कर्मका लागि । त्यस्ता तत्वहरूले मान्छन् ।’

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १७:५६
Weather Update