News Griha :: न्यूजगृह
‘भौतिक मन्त्रालयको बजेट ५४ अर्ब कटौती’

काठमाडौं— भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन् ।

आइतबार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यसपटक सबैभन्दा धेरै कटौती गरिएको छ । १ सय ६७ अर्ब अहिलेको आर्थिक वर्षमा थियो भने आगामी आर्थिक वर्षमा ११३ अर्ब मात्रै बजेट सिलिङ दिइएको छ । त्यसैले अत्यन्त कठिन छ बजेट बनाउन । धेरै मागहरू सम्बोधन गर्न कठिन छ,’ उनले भने ।

उनले राजश्व संकलन कम भइरहेको र अर्थतन्त्रका सूचकांकहरू पनि खराब रहेको बताए । मन्त्री ज्वालाले मन्त्रालयले आगामी आर्थिक वर्षमा आवश्यक काम गर्न नसक्ने पनि बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १९:१२
Weather Update