कृषिमन्त्रीको गुसानाे
कृषिको बजेट नकाट्न आग्रह गर्दा अर्थमन्त्रीले भने– के गर्नु खोइ, यस्तै हो, प्रधानमन्त्रीले चासै दिएनन्

काठमाडौं— कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई प्रधानमन्त्री र अर्थमन्त्रीले चासो नदिएको बताएका छन् ।
आइतबार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा.भुसालले प्रधानमन्त्री र अर्थमन्त्रीले कृषिमा चासो नदिएको बताएका हुन् ।
उनले भने, ‘कृषिको बजेट पनि काटेको छ । कृषिको त नकाटम् भनेर अर्थमन्त्रीसँग भन्दा उहाँले ‘के गर्नु खोइ, यस्तै हो’ भन्नुभयो । प्रधानमन्त्रीसँग कुरा गर्दा पनि खासै चासो दिनुभएन । कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्नेमा कसैको पनि चासो देखिँदैन ।’
उनले कृषि क्षेत्रको विकासका लागि सिँचाइको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनुपर्ने बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० २०:०६













