शेयर कारोबार बन्द रहने

काठमाडौं— शेयर बजार सोमबार बन्द रहने भएको छ । सोमबार सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएका कारण शेयर बजार बन्द रहने भएकाे हाे ।
अब शेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा अडिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० ०९:०५













