News Griha :: न्यूजगृह
रास्वपालाई प्रधानमन्त्रीले भने– सरकारमा आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ प्रतिनिधि सभामा निर्वाचित सांसद रवि लामिछानेलाई बधाई तथा शुभकामना दिँदै । तस्बिर : रासस

चितवन— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा सहभागी हुन सार्वजनिक आह्वान गरेका छन् ।

चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सरकार पाँच वर्ष टिक्ने र भ्रष्टाचारका फाइल खोल्न आफू तयार भएको भन्दै रास्वपाका सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गरेका हुन् ।

‘सरकारमा आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म खोल्न तयार छु,’पत्रकारमाझ प्रधानमन्त्रीले दाहालले भने ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । उक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने निर्णय गर्दैछ ।

प्रचण्डले भने रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गरेका छन् ।

आइतबार (१६ वैशाख) प्रधानमन्त्री दाहाल र सभापति लामिछानेबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०९:१५
Weather Update