News Griha :: न्यूजगृह
ओलीजीमाथि आक्रामण प्रयासमा सत्तारुढ दलको संलग्नता छैन : प्रधानमन्त्री दाहाल

चितवन— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन्  ।

चितवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रामणमा सत्तारुढ दलको संलग्नता नरहेको प्रस्ट पारेका हुन् ।

‘केपी ओलीजी पूर्व जाँदा केही आक्रामणको प्रयास भएको बुझियो । त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ । त्यसमा कोशी प्रदेश नामाकरणसँग असहमति राख्नेहरू छन् तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाहिँ विल्कुलै होइन । त्यो झुटो कुरा हो,’ प्रचण्डले भने,‘तर एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमा आस्था राख्ने मानिसहरू रहेको गर्नुभएको छ, त्यो चाहिँ निकै संवेदनशील विषय हो ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार पाँचै वर्ष टिक्ने जनाउँदै हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०९:३०
Weather Update