News Griha :: न्यूजगृह
सरकारको सल्लाहमै महावीर पुन आन्दोलनमा उत्रिनुभएको हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमा आन्दोलन गर्न गएको बताएका छन् । 

सोमवार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले १४ वैशाखमा महावीर पुन बालुवाटार गएको र आफूसँग सल्लाह गरेर नै आन्दोलनमा उत्रिएको दाबी गरे । महावीर पुनले आफूसँग केही माग राखेको र ती माग पूरा गर्न सरकार तयार रहेको समेत उनले बताए । 

सरकारले महावीर पुनलाई वास्ता गरेन भन्नु गलत भएको भन्दै उनले भने, 'महावीर पुन माइतीघर मण्डलामा बस्ने अघिल्लो दिन मसँग आउनुभएको थियो, बालुवाटारमा । राम्रो कुराकानी भयो । केही माग गर्नुभएको छ । जिडिपीको एक प्रतिशत भन्नुभएको रहेछ, तर त्यसको होइन, अहिलेको आर्थिक अवस्था हेर्दा विकासको त्यसमा राम्रो छलफल भयो । म त माइतीघरमा बस्छु है कस्तो हुँदो रहेछ भनेर भन्नुभएको थियो, मैले नै भन्न त मिलेन, तर तपाईं बस्नुभए सजिलो हुन्छ बजेट बनाउन भनेको थिएँ, सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । सरकारसँगै छलफल गरेर, सल्लाह भएर उहाँ बस्नुभएको हो । म उहाँका माग सम्बोधन गर्छु ।' 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:२९
Weather Update