News Griha :: न्यूजगृह
रवि लामिछाने संसदीय दलको नेता चयन, सरकारबारे शुक्रबारको बैठकमा छलफल गरिने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति एवं सांसद लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो ।

यसअघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो । पार्टीका सह-महामन्त्री कवीन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने बताए । उनले भने, 'पार्टी सभापति लामिछाने संसदीय दलको नेता चयन हुनुभएको छ । सरकारसम्बन्धी छलफल चाहिँ शुक्रबारको संयुक्त बैठकबाट टुङ्गो लाग्ने निर्णय भएको छ ।'

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १६:०६
Weather Update