कांग्रेसको नीति, अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिन्धुलीका डा. सुरेश आचार्य नियुक्त भएका छन् ।
सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेसले आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको जानकारी दिएको हो । कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधानअनुसार गठित केन्द्रीय प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्यलाई नियुक्त गरिएको जानकारी दिइएको छ ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. आचार्य विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आएका छन् । उनले नेपाली कांग्रेसका विभिन्न समितिहरूमा रहेर समेत काम गरिसकेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १६:४०













