रास्वपाले दियो निशा डाँगीलाई सचेतकको जिम्मेवारी

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद निशा डाँगीलाई सचेतकको जिम्मेवारी दिएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको संसदीय दल बैठकले डाँगीलाई सचेतकको जिम्मेवारी दिएको हो ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सांसद डाँगीलाई सचेतक बनाउने निर्णय भएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १९:०८













