लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

काठमाडौं— लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत लिँदै छन् ।
गत बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार विश्वासको मत लिने निर्णय गरेको थियो ।
प्रदेश सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । चौधरीलाई नेपाली कांग्रेस, माओवादीसहित ५३ सांसदको समर्थन रहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० ०६:३०













