News Griha :: न्यूजगृह
आरजुको आपत्ति : मेरो चरित्रहत्या गर्ने काम भइरहेको छ

काठमाडौं— नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजुु राणा देउवाले पछिल्ला केही दिनयता आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी देउवाले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै आफ्नो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने काम भइरहेको बताएकी हुन् ।

‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरूले मलाई लक्षित गरेर निराधार र कपोकल्पित आरोप लगाउँदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेकी छन्, ‘हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ । तर, कसैलाई पनि कोहीविरुद्ध आधारहीन गाली गलौज र लाञ्छना लगाउने अधिकार छैन ।’

प्रतिनिधिसभा सदस्य समेत रहेकी उनले उनले नियोजित रूपमा आफ्नो चरित्र हत्या गर्ने उद्देश्यसहित केही व्यक्तिहरूले सञ्चारमाध्यममा बोलेको पनि दाबी गरेकी छन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १९:०७
Weather Update