
काठमाडौं— एनएमबी बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदरसहितको नयाँ घर कर्जा घोषणा गरेको छ ।
बैंकका अनुसार नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा मद्दत पुर्याउने छ ।
उक्त योजनाले लामो अवधिको लागि कम र अनुमानित ब्याज दर सुरक्षित गर्न मद्दत पुर्याउने बैंकको भनाइ छ ।
यो कर्जाले कुनै पनि बजार उतार–चढाव वा ब्याज दरहरूमा परिवर्तन भए पनि नयाँ ग्राहकहरूको मासिक भुक्तानी ऋण अवधिसम्म स्थिर रहनेछ भनी विश्वस्त हुन सक्ने बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने,‘घरमा लगानी गर्नु एक व्यक्ति र परिवारको लागि ठूलो लगानी हो र हामीले मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरताको महत्त्व बुझ्दछौं ।’
विगत २६ वर्षदेखि बैंकिङ सेवासुविधा प्रदान गर्दै आएको एनएमबी नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।













