News Griha :: न्यूजगृह
सुनको भाउ १८ सयले बढ्यो

काठमाडौं— सुनको मूल्य बुधबार एकैदिन एकहजार ८०० रुपैयाँले बढेको छ । 

मङ्गलबार प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोलामा एकहजार ८०० रुपैयाँले बढेर एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १२:०१
Weather Update