संघीय संसदको बजेट अधिवेशन २४ वैशाखमा बोलाउन सिफारिस

काठमाडौं— सरकारले संघीय संसद्को बजेट अधिवेशन २४ वैशाखमा बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । पाँच दिनअघि १५ वैशाखमा संसदको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० १३:३०













