
काठमाडौं— शेयर बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले गिरावट आएको छ ।
बुधबार नेप्से परिसूचक ९.१८ अङ्कले घटेर १८५७.२३ विन्दुमा झरेको हो । पछिल्लो एक सातादेखि नेप्से परिसूचक निरन्तर रूपमा घट्दै आएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.१९ अङ्कले घटेको छ भने फ्लोट इन्डेक्स ०.७० अङ्क र सेन्सेटिभ इन्डेक्स ०.३५ अङ्कले घटेको छ ।
बुधबार कारोबारमा आएका २६५ कम्पनीको २१ लाख ५५ हजार कित्ता शेयर ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मङ्गलबारको तुलनामा बुधबार कारोबार रकम पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन करिब ७० करोडको शेयर कारोबार भएको थियो ।
बुधबार नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । जसमा उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसमूहको परिसूचक बढेको छ । तर, जलविद्युत, होटल तथा पर्यटनलगायत अन्य उपसमूहको परिसूचक घटेको छन् ।
नेप्से परिसूचक सामान्य गिरावट भए पनि आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ६.०९ प्रतिशत बढेको छ । त्यस्तै, श्वेत गंगा हाइड्रोपावरको शेयर मूल्य ५.६६ प्रतिशत बढेको छ । तर, एनआईबीएल ग्रोथ फन्डको एकाइ मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । बुधबारको कारोबारमा शिवम् सिमेन्ट्स कम्पनीको ३ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।













