News Griha :: न्यूजगृह
मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी

काठमाडौं— मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरिएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका हुन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।

344300044_193832566833456_1488392312961251882_n1683110307.jpg

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १६:२३
Weather Update