सत्ता गठबन्धन बैठक : रास्वपालाई सरकारमा ल्याउने जिम्मा प्रधानमन्त्रीकाे

काठमाडौं— प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउने विषयमा छलफल भएको छ ।
बैठकले रास्वपालाई के कसरी सरकारमा ल्याउने हो त्यसको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै दिएको बैठकमा सहभागी एक जना नेताले जानकारी दिए ।
संसद्को बर्खे अधिवेशन आह्वान भइसकेको सन्दर्भमा बैठकमा बजेट निर्माणमा पनि छलफल भएकाे ती नेताको भनाइ छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० १८:२७














