सत्तारुढ गठबन्धनको बैठकमा बजेटबारे छलफल
1683120585.jpg)
काठमाडौं— सत्तारुढ गठबन्धनले आगामी वर्षको बजेटकाे विषयमा छलफल सुरु गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बजेटबारे छलफल गरेको हो ।
छलफलमा बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा सरकारले आधारपत्र तयार गर्नुपर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले भने,‘बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता ल्याउने कुरामा छलफल भयो । यसमा सरकारले एउटा आधारपत्र तयार गर्ने, बजेटका सिद्धान्त र प्राथमिकताको प्रारम्भिक छलफल गर्ने र बजेटका बारेमा पनि डेलिभरि गर्न सकिने बारेमा सम्बोधन गर्ने गरी बजेट ल्याउनेबारेमा बैठकमा छलफल भयो । बजेट, बजेटपूर्वको छलफल, सरकारको आर्थिक नीति तर्जुमाका बारेमा छलफल भयो ।’
प्रमुख सचेतक लेखकले तत्काल गठबन्धन भत्किने र नयाँ बन्ने सम्भावना नरहेको बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० १९:१३













