मुख्यमन्त्री कार्कीको झापास्थित घरमा शंकास्पद वस्तु फेला

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित निवासमा शंकास्द वस्तु भेटिएको छ।
उक्त वस्तु भेटिएको जानकारीपछि नेपाली सेनाको टोलीले त्यसबारे अनुसन्धान गरिरहेको छ।
गौरादह–३ स्थित निवास अघिल्तिर तारले बाँधेको दुइटा वियरको बोतलमा ‘दुर्गा माताकी जय’ लेखिएको सानो कागजको चिर्कटो समेत रहेको झापाका प्रहरी एसपी प्रमुख मिलन केसीले बताए।
उक्त वस्तुलाई निष्क्रियका लागि नेपाली सेनाको टोली घटनास्थल पुगेको छ।
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१ १५:५३













