सचिव सरुवा
बजेट निर्माण तयारी भइरहँदा फेरिए अर्थसचिव

काठमाडौं— आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण तयारी भइरहेका बेला सरकारले अर्थसचिव परिवर्तन गरेको छ ।
बुधबार सरकारले तोयम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रूपमा ल्याएको छ ।
पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । राया उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् ।
त्यसैगरी सरकारले सुमन अर्याललाई महिला बालबालिका तथा जेष्ठ नागरिक र डिल्लीराम शर्मालाई राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० २०:१०













