आज शपथ
नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिँदै

काठमाडौं— नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण बिहीबार हुँदैछ ।
नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका मोहन बस्नेत, धनराज गुरुङ र डिगबहादुर लिम्बूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।
नवनियुक्त मन्त्रीहरूको शपथग्रहण समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बस्नेतलाई स्वास्थ्य, गुरुङलाई कानुन र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० ०६:२१













