News Griha :: न्यूजगृह
गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

पोखरा— गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार विश्वासको मत लिने भएका छन् ।

अपराह्न २ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेश सभा अधिवेशन आह्वान गरेका थिए ।

१४ वैशाखमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, नेकपा माओवादी केन्द्र ७ र नेकपा एकीकृत समाजवादी १ गरी ३५ प्रदेश सभा सदस्यको समर्थनमा उनी गण्डकी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका हुन् ।

हाल मुख्यमन्त्रीसहित दुई बिनाविभागीय मन्त्री मात्र रहेको मन्त्रिपरिषद्लाई विश्वासको मत लिएपछि पूर्णता दिने तयारीमा मुख्यमन्त्री पाण्डे छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०७:३१
Weather Update