News Griha :: न्यूजगृह
निर्वाचनमा ६२ प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलनलगत्तै गणना

काठमाडौं — निर्वाचन आयोगले देशका विभिन्न क्षेत्रमा भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ। 

साहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले मतदान सकिएको र  मतदानमा करिब ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।

मतदान  शान्तिपूर्ण भएको पनि उनले बताए। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन बेलुका ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन्।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो। यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन्। मतपेटिका सङ्कलनपछि दलीय सहमतिमा मतगणना अघि बढ्ने आयोगले जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १८:२७
Weather Update