News Griha :: न्यूजगृह
१५ वडाको मतगणना मतदानस्थलमै हुने, अरूको कहाँ हुन्छ ?

काठमाडौं — निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान भएको जनाएको छ। आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, आज सम्पन्न उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ।

मतपेटिका सुरक्षितरूपमा संकलन भएपछि तत्काल मतगणना थाल्न निर्देशन दिइएको उनले बताइन्। 'एउटामात्रै मतदानस्थल रहेका १५ वडाको वडाध्यक्ष पदको मतगणना सम्बन्धित मतदानस्थलमा नै हुने व्यवस्था मिलाइएको छ। अन्य स्थानमा सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरी मतगणना हुनेछ,' उनले भनिन्।

मतगणनाको परिणाम आयोगको वेबसाइटमा हेर्न सकिने जनाइएको छ। नगरपालिका प्रमुख–१, उपप्रमुख–१, गाउँपालिका अध्यक्ष–२, उपाध्यक्ष चार र ३३ वडाध्यक्ष गरी ४१ पदमा उपनिर्वाचन भएको हो।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १८:४७
Weather Update