News Griha :: न्यूजगृह
कीर्तिपुरको मतगणना राति १० बजेदेखि सुरु हुने

काठमाडौं —  कीर्तिपुर नगरपालिकाको मतगणना आजै सुरु हुने भएको छ।

केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकले राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्।

सर्वदलीय बैठकले सुरुमा वडा नम्बर १ मा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु गर्ने निर्णय गरेको छ। यसैगरी वडा नम्बर ४ मा पनि सुरुमा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु हुने छ।

त्यसपछि क्रमशः वडा नम्बर २ देखि १० सम्मको वडाको मतगणना हुने छ। 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २०:५०
Weather Update