सुनको मूल्य प्रतितोला १२ सयले बढ्यो, नयाँ रेकर्ड कायम

काठमाडौं— सुनको मूल्य प्रतितोला रु एकहजार दुईसयले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार आठसय कायम भएको छ ।
महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुईसय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एकहजार चारसय ४५ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० ११:३८













