News Griha :: न्यूजगृह
सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे
फाइल तस्बिर ।

पोखरा— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक सम्पदालाई आयआर्जनसँग जोडेर लानुपर्ने बताएका छन् । 

ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित तीन दिने तालसम्मेलनको शुभारम्भ गर्दै उनले तालतलैयाको संरक्षणसँगै यसलाई आयआर्जनको स्रोतको रूपमा विकास गरेर जीविकोपार्जनसँग जोडेर लैजानुपर्ने बताए । 

मुख्यमन्त्री पाण्डेले जङ्गलमा काठ कुहिएर जाने विदेशबाट काठ आयात गर्नुपर्ने अवस्थाले अर्थतन्त्रमा असर पारेको जनाउँदै अब यसतर्फ सोच्नुपर्ने बेला आएको बताए । 

उनले पोखराको सुन्दरतासँगै तालतलैयाको संरक्षणका लागि सबैको साझा सोच र उद्देश्य अनुरूपको कार्यमा सहकार्य र समन्वयको आवश्यतामा जोड दिए । उनले भने, ‘अब देखिने, सुनिने र बोलिने विकासको नीति अवलम्बन गर्नुपर्छ, प्राकृतिक सम्पदाको संरक्षण सम्बद्धनसँगै सीमित स्रोत–साधनको अधिकतम उपयोग गरेर जीविकोपार्जनसँग जोड्ने अबका कार्यक्रम तय गरिनुपर्छ ।’

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १३:१४
Weather Update