News Griha :: न्यूजगृह
रास्वपालाई सरकारमा ल्याउनुपर्छ : अध्यक्ष नेपाल

गोदावरी— नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । 

बिहीबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । 

‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो, अब गठबन्धनमा छलफल गरी यसबारे टुङ्गो लगाइनेछ,’ उनले भने । 

रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नमिल्ने उनको भनाइ छ । 

उनले विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिएकाले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताए । सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने बताए । 

अध्यक्ष नेपालले वर्तमान गठबन्धन लामो सयमसम्म टिक्ने दाबी गरे । 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १४:०७
Weather Update